उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुरमा वडा अधिवेशन सम्पन्न भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ र ३ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट वडा ३ को सभापतिमा विकास बस्नेत, उपसभापतिमा श्याम खरेल, सचिवमा सृष्टा राउत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा महेश चाैधरी, शारदा सार्की, रुद्रप्रसाद सुवेदी, काेपिला मगर, अम्बिका तामाङ, धनबहादुर विष्ट निर्वाचित भएका छन् ।
बेलका नगरपालिकाको वडा नम्बर ९ को सभापतिमा श्याम तामाङ, उपसभापतिमा डम्बरकुमारी नेवार, सचिवमा अम्बरबहादुर कार्की निरवाचित भएका छन । त्यस्तै सदस्यहरुमा जगतबहादुर विश्वकर्मा, गाेविन्दबहादुर कार्की, कल्पना विश्वकर्मा, भिम मगर, संजिता श्रेष्ठ, बुद्धिमाया विश्वकर्मा निर्वाचित भएका छन् ।
सो वडा अधिवेशन बेलका नगरसमितिको आयोजनामा निर्वाचन क्षेत्र तथा जिल्ला समितिको समन्वयमा सम्पन्न भएको नगरसचिव पुर्ण निराैलाले बताएका छन् । रास्वपाका जिल्ला सभापति चित्रकुमार कार्कीकाे विशेष उपस्थितिमा वडा अधिवेशन भएको थियोे । कार्यक्रममा जिल्ला संगठन प्रमुख तथा जिल्ला सहसचिव सुर्यकुमार राई, जिल्ला सदस्य तेजमान विश्वकर्मा पालिका समितिका पदाधिकारी र वडा सदस्य लगाएतकाे उपस्थितिमा मंगलबार सर्वसम्मतिले वडा समिति गठन भै कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनमा सभापति चित्रकुमार कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै स्थानीय जनताको मनाेभावना अनुसार काम गर्न साथै सधैंभरि भुइँमान्छेका सुखदुःखमा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।
प्रतिक्रिया