झापाकाे अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद

झापा । सशस्त्र प्रहरी बलले मंगलबार झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद गरेको छ ।

उक्त लत्ताकपडा र मोटर पाट्र्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलीले बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पाट्र्स बरामद भएको छ ।

ती दुई वाटा घरमा ठूलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानैबाट नं. २ गण झापाबाट डिएसपीको कमाण्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारिएको थियो ।

बरामद लत्ताकपडा र मोटर पाट्र्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मुल्यको सामान भन्ने एकिन भने भएको छैन । करिब १ करोड मूल्य बरबरको हुन सक्ने अनुमान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया