काठमाडौँ । गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ । प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ ।
गीतमा मजगैयाँले आफैँ संगीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् ।
गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहीमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।
गजलकार मजगैयाँका यसअघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।
प्रतिक्रिया