प्रजनन केन्द्रमा रिमझिमकलीले जन्माइन् पहिलो सन्तान

चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।

छावाको नामकरण १२औँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती भएको बताए ।

हाल प्रजनन केन्द्रमा ९ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये ६ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।

प्रतिक्रिया