सिद्धार्थ बैंक र एलकेएसबीच छुट सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस्बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सोलुसनसमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया