नेपालगन्जमा टाटाको नँया इभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के–३ इभी र टाटा टियागो इभी नेपालगन्जमा सार्वजनिक गरेको छ । नेपालगन्जस्थित रुद्रप्रिया इन्टरनेस्नल सोरुमबाट बहुप्रतिक्षित गाडीहरू कर्भ इभी, नेक्सन के–३ र टाटा टियागो इभी–२०२५ सार्वजनिक गरिएका हुन् । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त बिस्टको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै रुद्रप्रिया इन्टरनेसनलका प्रबन्धनिर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्षित भएको बताए । टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाका लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गरे ।

प्रतिक्रिया