काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा ८०० ले बढेर एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला २ हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया