काठमाडौँ । एनएमबी बैंकले ग्रिन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
एनएमबी बैंकको ग्रिन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सकिने बैंकले उल्लेख गरेको छ । ‘एनएमबी बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खातामार्फत तपाईंले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्नुहुनेछ’, बैंकले भनेको छ ।
प्रतिक्रिया