कांग्रेसले बोलायो पूर्वराजा शाहको सक्रियताबारे छलफल गर्न कार्यसम्पादन बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजावादीहरुको सक्रियताबारे र अन्य विषयमा पनि छलफल गर्न आगामी चैत १० गतेलाई पार्टीको कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

आज मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजावादीहरुको सक्रियतासँगै राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

आज पार्टीका विभिन्न संगठनहरुको महाधिवेशनका विषयमा छलफल बताउँदै महतले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागि कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँगै राजावादीहरुको सक्रियता र दैनिक प्रदर्शनबाट विभिन्न राजनीतिक दलहरू तरंगित भएका छन् । कांग्रेससँगै नेकपा एमाले र माओवादी केन्द्रलगायत तरंगित भएका छन् ।

प्रतिक्रिया