भुवन के पोखरेलको अभिनयमा ‘मैले बुनेका रहर’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गीत संगीतमा जम्दै गरेका भुवन के पोखरेल र चर्चित मोडल कुसुम शर्माको मुख्य भुमिका रहेको ‘मैले बुनेका रहर’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वोरुपराज आचार्यको आवाजमा रहेको यस गीतमा शब्द सुवास कुमार लम्सालको रहेको छ भने संगीत राम कार्कीको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो निर्देशन सुरेश थापाले गरेका छन् भने छायांकनमा प्रवेश पोखरेलले गरेका हुन् । उक्त गीतमा गोपिकृष्ण चापागाई, श्रीधर खनाल र मानसी शर्माले पनि अभिनय गरेका छ्न् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उक्त गीत पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट विमोचन भएको हो ।

कार्यक्रममा विशिस्ट अतिथिको भूमिकामा जनसांस्कृत माहासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारको पनि सहभागीता रहेको थियो । सुरज खनाल सभापति रहेको उक्त कार्यक्रममा व्यवस्थापकिय जिम्मेवारीमा गायक तथा सर्जक मतिराज खनाल थिए । साथै, उक्त कार्यक्रममा सो गीतमा अभिनय गरेका कलाकारहरुलाई सान्सा फिल्मसले प्रशंसा पत्र प्रदान गरेको थियो ।

त्यसैगरी उपस्थित अन्य कलाकार तथा पत्रकारहरुलाई प्रमुख अतिथिको हातबाट मायाको चिनो प्रदान गरिएको थियो । मधुशाला अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत र भिडियो निकै उत्कृष्ट बनेको सो गीतका मोडल भुवन के पोखरेलले बताए ।

यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको ‘सहरीया बुहारी’, त्यसैगरी ख्याल ठट्टा नामक टेली सिरियलमा अभिनय गर्दै आइरहेका चर्चित कलाकार पनि हुन् । भुवनले अहिलेसम्म ३ दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया