काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा वाणिज्य बैंकहरूले गरी २ खर्ब ८० अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । यो गएको असार मसान्तको तुलनामा यो ६ दशमलव १२ प्रतिशतले धेरै हो । असारमा ४५ खर्ब ७१ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकहरूमा २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गएको असारको तुलनामा ४ दशमलव ९० प्रतिशतले धेरै हो । गएको असार मसान्तमा बैंकहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
कर्जा र निक्षेपको तथ्यांकले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च रहेको देखाएको छ । अहिले वाणिज्य बैंकहरूमा झन्डै पौने ६ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी रहेको छ ।
प्रतिक्रिया