केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निणार्य गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन ।

बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठकमा यसअघि भएका निर्णयहरू कार्यान्वयनको विषयमा जानकारी लिने र दिने काम भएको छ । त्यस्तै अहिलेको राष्ट्रिय राजनीतिको बारेमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले ब्रिफिङ गरेको झाले बताए ।

पार्टीको महाधिवेशनको विषयमा भइरहेका कामकारबाहीको विषयमा पनि सचिवालय सदस्यहरूबाट जानकारी लिने र दिने काम भएको झाले बताए । उनले केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

तर, मिति र समय भने चाँडै नै तय हुने उनले बताए । त्यस्तै संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले ब्रिफिङ गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया