बर्दिवासबाट ५४७ केजी गाँजा नियन्त्रणमा, भ्यान चालक पक्राउ

महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजीभन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडाबाट बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठूलो मात्रामा गाँजा फेला पारेको लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोजकुमार अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठूलो भञ्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।

गत १७ गते पनि बर्दिवासवाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया