समाजवादी मोर्चाले भन्यो– राज्य सञ्चालकको स्वेच्छाचारीले प्रतिगामी तत्वहरुको क्रियाकलाप बढ्यो

काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारीले प्रतिगामी तत्वहरुको क्रियाकलाप बढेको र देश अप्ठ्यारोमा परेको निस्कर्ष निकालेको छ ।

समाजवादी मोर्चाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारको कुशासन र अस्तव्यस्तताका कारण प्रतिगामी तत्वहरुको क्रियाकलाप बढ्नुका साथै नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीव्ररुपमा बढ्दै गएको बताएकाे छ । साथै, माेर्चाले यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको निस्कर्ष निकालेको हो

देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले यस्तो जनाएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् ।

राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ । मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ ।

‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा, ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको उल्लेख छ ।

यस्तो छ समाजवादी मोर्चाको विज्ञप्ति

प्रतिक्रिया