काठमाडौंमा राजावादीको प्रदर्शन, नारायणहिटी खाली गर्न चेतावनी

काठमाडौं । राजतन्त्र पक्षधर समुहले आज नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन् । माखुसीबाट बाइक र्यालीसहित उनीहरु नारायणहिटी दरबार आएका हुन् ।

आन्दोलनकारीहरुले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन् । राजावादीहरुले राजाको पक्षमा विभिन्न नाराजुलुस गरेका थिए ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको चहलपहलले विभिन्न राजनीतिक दलहरुले गम्भीर चासोका रुपमा लिएका छन् ।

प्रतिक्रिया