काठमाडौँ । गायक प्रकाश सपुतको डेब्यु निर्देशन रहने फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका नायकसमेत रहेका प्रकाश र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर बिहीबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा प्रकाश र स्वस्तिमा ग्रामीण विद्यार्थीको लुक्समा छन् । प्रकाशले सरकारी स्कुलको पोसाक निलो पाइन्ट र सर्ट लगायतका छन् । उनले हातमा किताब च्यापिकी छन् भने खुट्टामा लोतीवाला चप्पल लगाएका छन् ।
स्वस्तिमाले पनि विद्यालयको पोसाकमा छिन् । पोस्टरमा उनीहरू २ विद्यालय जाँदै गरेको वा फर्कंदै गरेको देख्न सकिन्छ । पोस्टरले उनीहरू २ प्रेममा रहेको संकेत गर्छ । उनीहरू दुवै प्रेम भावमा देखिएका छन् ।
प्रतिक्रिया