काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बर्तौलाले संविधानको धारा १ मा संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिए पनि पूर्वराजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका हुन् ।
‘पछिल्लो केहीदिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नाम र उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरू भइरहेका छन्’, उनले भने, ‘पञ्चायतकालीन गान गाउने,मुलुकको अहिलेको राष्ट्रिय गानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् ।’
प्रतिक्रिया