काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी आइतबार पोखराबाट समिट एयरको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्किएपछि शाहलाई विमानस्थलमा नै पुगेर राजावादीहरुले स्वागत गरेका थिए ।
शाहलाई लिन तिलगंगा क्षेत्रबाट विमानस्थलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलसहित धेरै कार्यकर्ताहरुले र्याली निकालेका थिए । पूर्वराजा ज्ञानेन्द्र एक महिना पोखरा बसेर आइतबार फर्किएका हुन् ।
प्रतिक्रिया