धार्मिक उत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा
सौर्य अनलाइन२०८१ फागुन १७ गते १२:०३ मा प्रकाशित
गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन् ।
नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङकोटधाममा आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं सराङकोट धार्मिक, पर्यटन महोत्सवको उद्घाटन गर्दै । तस्बिर राससराष्ट्रपति रामचन्द्र पौडेल शनिबार कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित कैलाशेश्वर शिव मन्दिरको अवलोकन गर्दै । तस्बिर रासस
प्रतिक्रिया