मुगु । सडक खनिरहेको डोजरले खसालेको ढुंगा लागेर मुगुमा १ बालकको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् । मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँका नौले नेपाली र कल्पना नेपालीका १० वर्षिय छोरा लोकजङ्ग नेपाली रहेका छन् । आमा कल्पना नेपाली सक्त घाइते भएको स्थानीयले जानकारी दिए ।
घरायसी कामको लागि हुम्ला गएर आइतबार घर फर्किर्दै गर्दा साँझ करिब ६ बजे गाउँ नजिक सडक खनीरहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटना स्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन ।
कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख ( गमगढी–नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजुरेदेखि दोमुखसम्म ठेकदार कम्पनीले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो ।
घाइते आमाको स्थानीय स्वास्थ्य चौकिमा उपचार भैरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारि भैरहेको घटना स्थलमा पुगेका प्रहरी निरिक्षक अचुतराज आचार्यले जानकारी दिए ।
आइतबार साँझ घटना हुनेबित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटनास्थलमा पुगेको थियो, भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार विहानै घटनास्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोलि पुगेको थियो ।
सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाइ ठेकदार पक्षले लापरबाही गरि काम गर्दा यो घटना घटेको स्थानियहरुले आरोप लगाएका छन ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनीले सुरक्षाका उपाय अपनायको थियो कि थिएन सबै कुरा प्रहरिले अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने प्रहरी निरिक्षक आचार्यले बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ५० किमी टाढा रहेको छ ।
मुगु
प्रतिक्रिया