पाँचथर । फिदिम नगरपालिकाको बिपी पार्कमा चिया महोत्सव आयोजना गरीएको छ । पूर्वी पहाडका विभिन्न जैविक विधिबाट उत्पादित गरिएको चियाको बजारीकरण बिस्तारका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
सो महोत्सव मंगलबारसम्म चल्ने बताइएको छ । महोत्सवमा ताप्लेजुङ, पाँचथर र इलामक्षेत्र का उत्पादित अर्थोडक्स चियाको प्रदर्शन गरिएको छ । मंगलबारसम्म चल्ने महोत्सवलाई चिया अभियन्ता तथा पूर्वगृहराज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले उद्घाटन गरेका हुन् ।
सो महोत्सव लाली चिया उत्पादक तथा प्रशोधन सहकारी, फिदिम नगरपालिकाको प्रर्वद्धन र पर्यटन तथा वातावरण कार्यालय काँकडभिट्टाको सहयोगमा गरिएको हो ।
उक्त महोत्सवमा चियाको स्वाद चाख्ने, बिक्री वितरणसमेत गरिएको छ । महोत्सवको उद्घाटनमा स्थानीय विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि तथा जनप्रतिनिधि, सरकारी निकाय, सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया