सुनको मूल्य तोलामा १२०० ले बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा १२०० बढेको छ । आइतबार प्रतितोला रू १ लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू १ लाख ६८ हजार ७०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार ९ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया