बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्टमा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम संक्षिप्त छनौट सूची (सर्टलिस्टेड) मा परेको छ । आइतबार बसेको नाम सिफारिस समितिको बैठकले ५ जनाको नामको नाम सिफारिस गरेको हो ।

संक्षीप्त छनौट सूचीमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । साथै, अर्थ मन्त्रालयले छनौट सूचीमा परेका पाँच जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पनि बोलाएको छ ।

अन्तर्वार्ता यही फागुन ११ गते दिउँसो २ बजे अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हुनेछ । प्राधिकरणले पुस २६ मा एक सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि दरखास्त खुलाएको थियो । जसमा १२ जनाको आवेदन परेको थियो । यसअघिका अध्यक्ष सूर्य सिलवालबिरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट निलम्बनमा परेका थिए ।

प्रतिक्रिया