पाल्पा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।
प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए ।
राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ छ । विधिको शासन उल्लंघन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढंगले सरकारको खबरदारी गर्दै आएको बताए ।
प्रतिक्रिया