काठमाडौं । आठौँ मनास्लु राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा कला क्षेत्रमा आवद्ध भइ विभिन्न गीतसंगीतको माध्यमबाट योगदान दिएका कलाकार तथा श्रष्ठाहरुलाई अवार्ड प्रदान र सम्मान गरिएको हो ।
मनास्लु मिडिया प्रालिद्वारा सञ्चालित ‘हरपल खबरको रफ्तार’ मनास्लु पोष्टको आठौँ वर्ष पूरा गरेको अवसर पारेर नाचघर जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड प्रदान गरिएको मनास्लु पोष्टका अध्यक्ष मानबहादुर पुनले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन मगर, व्यवसायी कृष्णबहादुर थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सह अध्यक्ष गंगा खासु मगर, वरिष्ठ अधिवक्ता गौबहादुर आले मगर, नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगा बहादुर थापा मगरको बिशिष्ट आतिथ्यता रहेको थियो ।
विभिन्न क्षेत्रमा क्रियासील रहँदै कला क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई अर्वाडद्वारा प्रदान गरिनुका साथै सम्मानित व्यक्तित्वहरुको जिवनी ‘एक तारा भाग – ८’ पनि प्रकाशित गरिएको अध्यक्ष पुनले बताए ।
सो अवार्डबाट ‘मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड’ तर्फ चन्द्रकला शाह वरिष्ठ गायिका, बमबहादुर कार्की वरिष्ठ गायक, दुर्गा डंगोल वरिष्ठ वाद्यवादक, कला रेश्मी महतो सर्वोकृष्ट गायिका, लक्ष्मण पोखरेल सर्वोकृष्ट संगीतकार, रचनाकार, बिबेस बुढा मगर सर्वोकृष्ट फिल्म निर्देशक, प्रमिला वस्ती मनोचिकित्साविद तथा रचनाकार, अशोक कुमार सिंह सर्वोत्कृष्ट पत्रकारिता, नारायण रेग्मी समाजसेवी तथा गीतकार, बलराम सुवेदी समाजसेवी, रञ्जना न्यौपाने शिक्षासेवी तथा गीतकार, शंकर रानाभाट संस्कृतविद सम्मानित भएका छन् ।
सो अवार्डबाट नीमा तामाङ सर्वोत्कृष्ट बहुप्रतिभावान् गायिका, सपना सुनाम सर्वोत्कृष्ट प्रतिभावान् गायिका, संगीता गुरुङ सर्वोत्कृष्ट मौलिक गायिका, प्रकाश बराइली (अभिव्यक्ति) सर्वोत्कृष्ट पत्रकार तथा भिडियो निर्देशक, बिमल शाह सोनार सर्वोकृष्ट हार्मोनियम मास्टर, रमेश केसी सर्वोत्कृष्ट गायक, सिता परियार सर्वोत्कृष्ट गायिका , रोशन क्षेत्री सर्वोत्कृष्ट रचनाकार, सन्तोस गुरुङ सर्वोत्कृष्ट गीतकार, समित परियार सर्वोकृष्ट एरेन्जर–ध्वनी सम्पादक, दिपेन्द्र प्रकाश केसी सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकबाट सम्मानित भएका छन् ।
कार्यक्रममा पलपल आयुर्वेद प्रालिका अध्यक्ष छोईकु लामा, फ्यूचर बिलोन्ङ्सका अध्यक्ष पुष्पा सुवेदी क्षेत्री, भकारी विजनेश हाउसका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्की, सञ्चारकर्मी उषा कँडेल भुषाल, रे टेलिभिजन समाचार प्रमुख तथा गोरखापत्र दैनिक पत्रकार श्याम राना मगर, सञ्चारकर्मी राजु बोहरा, थालीनाच नृत्यांगना एलिजिवा पुर्जा पुन, समाजसेवी होमराज खपाङगी मगर, पर्यटन गाइड वाङचु शेर्पा, बाबा कौशिका हाउस संस्थापक भानुभक्त ढुंगाना, ओटिएस नेपाल अध्यक्ष पृथ्वी नारायण अधिकारी, समाजसेवी जगत रेश्मी मगर, समाजसेवी नरेश छहरी मगर, समाजसेवी कुशल आले मगर र समाजसेवी अम्बिका देवीलाई विशेष सम्मान गरिएको अध्यक्ष पुनले जानकारी दिए ।
प्रतिक्रिया