बेरुत । इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको २ महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको छ ।
सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिरियाली र लेबनानको सीमामा हिजबुल्लाहले लेबनानमा हतियार तस्करी गर्न प्रयोग गर्ने हतियार विकास र निर्माण गर्न प्रयोग गरिने भूमिगत पूर्वाधार भएको हिजबुल्लाह आतंककारी स्थललाई निशाना बनाइएको छ ।’ इजरायल र इजरायली सेनाका लागि ‘खतरा’ रहेका स्थानलाई लक्षित गरी रातभर आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । हिजबुल्लाहको ‘सर्भिलेन्स’ ड्रोनलाई इजरायली भूमिमा प्रवेश गरेको र यसले इजरायल र लेबनानबीचको युद्धविराम सम्झौताको उल्लंखन भएको बिहीबार इजरायली सेनाले जनाएको थियो ।
‘इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताप्रति सेना प्रतिबद्ध छ तर यस प्रकारको कुनै पनि आतंकवादी गतिविधिलाई अनुमति दिने छैन’, विज्ञप्तिमा भनिएको छ । इजरायली सेनाले लेबनानबाट आफ्नो सेना फिर्ता गर्न तोकिएको २६ जनवरीको समयसीमामा सेना फिर्ता नगरेपछि सेना फिर्ता गर्न आगामी फेब्रुअरी १८ सम्मका लागि थप समय दिइएको छ । लेबनानी सेनाले सम्झौताको आफ्नो पक्ष पूरा नगरेको आरोप लगाउँदै इजरायलले जनवरी २६ समयसीमामा सेना फिर्ता गर्ने सम्भावना नरहेको बताएको छ ।
युद्धविरामको सर्तअनुसार हिजबुल्लाहले आफ्नो सेनालाई सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लिटानी नदीको उत्तरमा फिर्ता गरेपछि लेबनानी सेना दक्षिणमा तैनाथ हुने भएको छ । इरान समर्थित लडाकू समूह हेजबुल्लाहले युत्रविराम सम्झौताअनुसार दक्षिणमा बाँकी रहेका कुनै पनि सैन्य संरचना हटाउनु आवश्यक रहेको बताएको छ ।
प्रतिक्रिया