अमेरिकाले निष्कासन गर्नेमा १ हजार ३६५ जना नेपाली पनि

काठमाडौं । अमेरिकाले १ हजार ३६५ जना नेपालीलाई निष्कासन गर्ने भएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न देशहरुसहित नेपालीलाई पनि निष्कासन गर्न लागेको लिष्ट सार्वजनिक भएको छ ।

ट्रम्प नेतृत्वको अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको हो ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।

राष्ट्रपति ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यस्तो छ निष्कासन गर्न लागेको लिष्ट

प्रतिक्रिया