सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । पछिल्लो समय नेकपा एमाले र कांग्रेसबीचको सत्ता गठबन्धन र विभिन्न विषयमा प्रश्न चिन्ह खडा भएको छ । यस विषयमा पनि छलफल हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया