बैठकमा पूरा समय उपस्थित हुन आफ्ना सांसदहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा पूरा समय उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले संसद र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका हुन् ।

मंगलबार बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए ।

‘समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा राम्रो छ, तुलनात्मक रुपमा मात्रै राम्रो छ,’ ओलीले भने, ‘त्यसकारण संसद्‍मा, समितिका बैठकहरुमा हाम्रो उपस्थिति पुरा समय हुनुपर्दछ र कुनै पनि कुरा गलत ढंगले पारित भएर जानु भएन। अनुपस्थित भइयो भने के पारित हुन्छ, के पारित हुन्न ।’

प्रतिक्रिया