तस्विरमा हेरौँ सौराहामा वन्यजन्तुको अवलोकन

काठमाडौं । वन्यजन्तु पर्यटनका लागि ख्याती कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ । अघिल्लो वर्षभन्दा यो पटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् ।

साँझपख राप्ती नदी किनारका रेष्टुरेण्ट भरिन्छन् । किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन् । विदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ । त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको छ जीप सफारी र हात्ती सफारी ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।

यस सामुदायिक वनभित्र विभिन्न जंगली जनावरहरु नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो ।

यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिन्छ । वन्यजन्तुमा बाघ, गैँडा, हात्ति, चितुवा, चित्तल, मृग, मयुर, जंगली बँदेललगयत विभिन्न प्रजातिका चराहरु हेर्न पाइन्छ ।–तस्विरहरू नेपाल फोटो लाइब्रेरी ।

प्रतिक्रिया