काठमाडौं । यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक भएको छ । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ भने जग्गा प्राप्ती तथा अचल सम्पती अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गरिएको प्रवक्ता गुरुङले बताए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्याविधि ३५ दिन थप गर्ने निर्णय गरेको उनले बताए ।
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया