एमाले छाडेर भीम रावलको अभियानमा जोडिनेहरु बढ्दै, यस्तो छ पछिल्लो अपडेट (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्नेको संख्या १ हजार ८६ पुगेको छ । भीम रावलनिकट स्रोतका अनुसार मंगलबार विहानसम्ममा मातृभूमि जागरण अभियानलाई समर्थन गर्नेको संख्या १ हजार ८६ पुगेको हो ।

हालसम्म नेकपा एमालेबाट प्रदेश कमीटी तथा विभागीय सदस्यसमेत गरि ७ जना, केन्द्रीय विभागका २, जिल्ला कमीटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद १, जिल्ला कमीटी सदस्य १७, पूर्व जिल्ला कमीटी सदस्यहरु ३, जिल्ला सल्लाहाकार सदस्य १३ जना रावलको अभियानमा औपचारिक रुपमै जोडिएका छन् ।

त्यस्तै, नगर कमीटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२, अनेम संघ कार्यवाहक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु ८, वडा कमीटीका अध्यक्ष तथा पदाधिकारीहरु २२, संगठित सदस्यहरु ६३७ जना रावलको अभियानमा जोडिएका छन् । त्यस्तै, अन्य पार्टीहरुबाट ५ जना र एमालेबाटै ३५३ जना थप सदस्यहरु रावलको अभियानमा जोडिएका छन् ।

भीम रावल यतिबेला गृह प्रदेश सुदूरपश्चिममा सक्रिय छन् । रावल सुदूरपश्चिम जाँदा एमालेको ठुलो पंक्तिले स्वागत र सम्मान गरेको छ । गत १० पुसमा एमालेले संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि रावल पूर्वबाट अभियान सुरु गर्दै देश दौडाहामा निस्केका हुन् ।

प्रतिक्रिया