राष्ट्रपति पौडेलद्वारा माघ १८ गतेलाई दुवै संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया