संसद अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले माघ १८ गते संघीय दुवै संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए । संसद अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएका थिए ।

गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया