माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुख परामर्शमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया