लोकप्रिय गायक तथा गीतकार सुसान्त केसीको कन्सर्ट मार्च ८, २०२५ (फाल्गुन २४, २०८१) मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा हुने भएको छ। सुसान्तले करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । “बार्दली,” “सारङ्गी,” “साथी,” र “आमा” जस्ता चर्चित गीतका लागि प्रख्यात सुसान्तले कन्सर्टमा पुराना हिटसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
‘काठमाडौँमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु,’ सुसान्तले भने।
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। टिकटको माग उच्च हुने अपेक्षा गरीएकोले चाँडै बुक गर्न समर्थकहरुलाई आयोजकले आग्रह गरेका छन् ।
कन्सर्ट विवरणः
मितिः मार्च ८, २०२५ (फागुन २४, २०८१)
स्थानः सल्लाघारी ग्राउन्ड, भक्तपुर
समयः गेट खुल्ने समय दिउँसो ३ बजे
टिकटः खल्ती एपमार्फत खरिद गर्न सकिने
प्रतिक्रिया