वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई सुधार गर्न जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफलमा बोलाए छन् ।
स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छलफलका लागि उपस्थित हुन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुलाई बोलाइएको हो ।
पर्साका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गर्न माघ ६ गते आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थिति हुन सूचना जारी गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्वास्थ्य कार्यालय पर्सा, नेपाल चिकित्सक संघ वीरगञ्ज नारायणीसहित पर्साका ४२ वटा समुदायिक र निजी अस्पतालका सञ्चालक, व्यवस्थापक र प्रमुखहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
प्रतिक्रिया