भागबन्डा मिलेसँगै ७१ जिल्लामा गठन भयो भूमि आयोग

काठमाडौँ । देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ । सोमबार भूमि व्यवस्था मन्त्रालयले ती जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहणसमेत भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको शपथ गराएका थिए ।

शपथ ग्रहण समारोहअघि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने बताए । उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गरे । उनले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी गरे ।

अब कोशी प्रदेशको तेह्रथुम, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुरका अध्यक्ष मात्रै नियुक्त हुन बाँकी छन् । पहिलो चरणमा शपथ हुन नसकेका ६ जिल्ला अध्यक्ष र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने भएको छ ।

सत्तारुढहरू दलहरूबीच कांग्रेसले ३५, एमालेले ३५, जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएपछि भूमि व्यवस्थामन्त्री र गृहमन्त्री रमेश लेखकले यसलाई भागबन्डाको टुंगो लगाएका थिए ।
यसअघि सरकारले गत कात्तिकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोगको रुपमा भूमि समस्या समाधान आयोग गठन गरेको थियो भने यसको अध्यक्षमा एमाले नेता हरिप्रसाद रिजाललाई नियुक्त गरेको थियो । रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबद्र्धन कोली र आरती भण्डारी सदस्य छन् ।

को–को भए जिल्ला अध्यक्ष ?

कोसी प्रदेश

ताप्लेजुङ– कृष्णकुमार बस्नेत

पाँचथर– धनकुमार फियाक

इलाम– प्रकाश अधिकारी

संखुवासभा– शंकरमान कडेल

तेह्रथुम –

धनकुटा– देवमान राई

भोजपुर– देविराम चौलागाई

खोटाङ– निर्मल राई

सालुखुम्बु– नातीकाजी गुरुङ

ओखलढुङ्गा– पुरूषोत्तम लुइटेल

उदयपुर– बलबहादुर तामाङ

झापा– मदनप्रसाद अधिकारी

मोरङ– नबिन पौडेल

सुनसरी– इन्द्रप्रसाद पोखरेल

मधेस प्रदेश

सप्तरी –

सिराहा– राम अधिन यादव

धनुषा– सुरेश कुमार कोइराला

महोत्तरी– पिताम्बर महतो

सर्लाही– मदनबहादुर विश्वकर्मा

रौतहट –

बारा– भरतबहादुर घले

पर्सा– तबरेज अहमद

बागमती प्रदेश

दोलखा– राकेश श्रेष्ठ

रामेछाप– गौतम कुमार लामा

सिन्धुली– कौशल कोइराला

काभ्रेपलाञ्चोक– विदुरप्रसाद हुमागाई

सिन्धुपाल्चोक– ज्ञानेन्द्रबहादुर राउत

रसुवा– जनकराज उपाध्याय

नुवाकोट– अर्जुनप्रसाद न्यौपाने

धादिङ– हरिप्रसाद पन्त

चितवन– इमान सिह मुक्तान

मकवानपुर– बलराम लामा

भक्तपुर– दिपक बिसुंखे

ललितपुर– गणेशकुमार आचार्य

काठमाडौँ– कृष्ण जी खड्का

गण्डकी प्रदेश

गोरखा– राजनराज पन्त

लमजुङ– दामोदर अधिकारी

तनहुँ– गोविन्दराज सिलवाल

कास्की– बैन बहादुर गुरुङ

मनाङ– साङदो लामा

मुस्ताङ– विशन पुर्जा

पर्वत– देवेन्द्रराज पाण्डेय

स्याङजा –

म्याग्दी– खड्ग गिरी

बागलुङ– भिमप्रसाद शेरचन

नवलपरासी– (बर्दघाट सुस्ता पूर्व) तारापती खरेल

लुम्बिनी प्रदेश

नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) लालबहादुर गुरुङ

रुपन्देही– कुमार थापा मगर

कपिलबस्तु– झविलाल पोखेल

पाल्पा– रामबहादुर कार्की क्षेत्री

अर्घाखाँची– यादवप्रसाद घिमिरे

गुल्मी– कृष्ण सुनार

रुकुम पूर्व– हरिहर पौडेल

रोल्पा– सिमबहादुर विष्ट

प्युठान– सुवास केसी

दाङ– हुकुम बहादुर बस्नेत

बाँके – घननाथ खनाल

बर्दिया– अरुणप्रकाश सिंह राठौर

कर्णाली प्रदेश

रुकुम– पश्चिम शसीराम नेपाली

सल्यान– बीरबहादुर सेजबाल

डोल्पा– तुलाचन्द्र बुढा

जुम्ला –

मुगु– रामबहादुर रावत

हम्ला– नरबहादुर रोकाया

कालिकोट– विष्णुबहादुर शाही

जाजरकोट– सर्पराज राबत

दैलेख– बरुनाथ योगी

सुर्खेत– केशर बहादुर ओली

सुदुरपश्चिम प्रदेश

बाजुरा– जनकबहादुर रोकाया

बझाङ – डोटी डम्बर बहादुर ओली

अछाम– राम आउजी

दार्चुला– लालसिंह धामी

बैतडी– रमेशदत्त पाण्डय

डडेल्धुरा– कैलास कुमार पाण्डेय

कञ्चनपुर –

कैलाली– यज्ञराज उपाध्याय

प्रतिक्रिया