काठमाडाैँ । नेपाल हस्तकला महासंघको नयाँ कार्य समिति चयन भएकाे छ । महासंघको पौष २६ र २७ गते सम्पन्न ४४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएकाे हाे । महासंघमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, ( जिल्ला र प्रदेश हस्तकला संघ १, वस्तुगत संघ १, उद्योग १, वाणिज्य १, व्यक्तिगत १ र एसोसियटबाट १ ) गरी पदाधिकारी जम्मा ८ जना र कार्यसमिति सदस्य १५ (जिल्ला हस्तकला संघ २, वस्तुगत संघ २, उद्योग ३, वाणिज्य ३, व्यक्तिगत ४ र एसोसिएट १) गरी जम्मा २३ स्थानको लागि निर्वाचन भएको थियो ।
महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष पदेन कार्य समितिमा रहने र अध्यक्षबाट कार्य समितिमा १ महिला सहित २ जनाको मनोनयन गर्ने ब्यवस्था भए अनुसार महासंघको २६ सदस्यमा कार्य समिति हुनेछ ।
यस्ताे छ नयाँ कार्यसमिति
१. अध्यक्ष : रविन्द्र शाक्य
२. वरिष्ठ उपाध्यक्ष : राजमान बज्राचार्य
३. उपाध्यक्षहरु:
क. जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्ष : मलिका श्रेष्ठ
ख. वस्तुगत संघ उपाध्यक्ष: श्रीकृष्ण प्रजापति
ग. उपाध्यक्ष
उद्योग: सबिता महर्जन
घ. उपाध्यक्ष वाणिज्य : प्रताप शाक्य
ङ. उपाध्यक्ष व्यक्तिगत: नबिन शाक्य
च. उपाध्यक्ष एसोसिएट: किरण कुमार स्थापित
४. कार्यसमिति सदस्यहरु:
क. जिल्ला र प्रदेश हस्तकला संघ कार्यसमिति सदस्य :
१) मात्रीका देवी प्रसाई
२) रमेश राज बज्राचार्य
ख. वस्तुगत संघ कार्यसमिति सदस्यः
१) उपेन्द्र बाराही
२) धन प्रसाद लामिछाने
ग. उद्योग – कार्यसमिति सदस्यः
१) अमूल्य देवी शाक्य
२) राजिब शाक्य
(३) विक्रम सिंह महर्जन
घ. वाणिज्य तर्फका कार्यसमिति सदस्यहरु :
१) अवनीश प्रधानाङ्ग
२) प्रविन बहादुर शाक्य
३) मिलन वीर मालाकार
ङ. व्यक्तिगत तर्फका कार्यसमिति सदस्यहरु :
१) उदिप शाक्य
२) बिकाश शाक्य
(३) माणिक मान शाक्य
४) सुजन रत्न शाक्य
च. एसोसिएट कार्यसमिति सदस्यः
१) दिपेन्द्र शाक्य
प्रतिक्रिया