प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले एकल महिलालाई भत्ता दिने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने एकल महिलालाई भत्ता उपलब्ध गराउने भएको हो ।
गाउँपालिका भित्रका विवाह नगरी बसेका तथा १२ वर्षदेखि श्रीमान बेपत्ता भई बसेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।
४५ वर्ष उमेर पूरा भएका एकल महिलाका लागि मासिक एक हजार भत्ताको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिए । उनले चालू आर्थिक वर्षको पुष मसान्तसम्म ४५ वर्ष उमेर पुगेका एकल महिलाले यस्तो भत्ता पाउने बताए ।
पालिकाबाट भत्ता पाउने एकल महिला सरकारी सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाको लागि गाउँपालिकाले मासिक भत्ताको व्यवस्था गरेको हो ।
पालिकाले एकल महिलालाई यस्तो भत्ता दिने निर्णय गरेपछि लामो समयसम्म भत्ता पाउनबाट बन्चित भएका स्थानीय एकल महिला लाभान्वित हुने भएका छन् ।
प्युठान
प्रतिक्रिया