काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर अवसर पारेर ‘माघे मेलैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो म्युजिक आई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसमा म्युजिक आई सौल फेशनको लागि रिमा काउचा मगरको प्रस्तुति रहेको छ ।
गायक सागर आले र गायिका मेलिना राईको युगल आवाज रहेको गीतमा रुबी सिञ्जली मगर, रिया गुरुङ, तेजेन्द्र दुरा, तेजेन्द्र गुरुङले पनि आवाजमा साथ दिएका छन् । उक्त गीतमा एमबी मगरको शब्द र एरेञ्ज रहेको छ ।
श्याम रानामगर र ज्याजी मगर मुख्य भूमिकामा देखिएको भिडियोमा सुमिना मगर, मुना मगर, बबिता गुरुङ, आरती गुरुङ, रिबिया गुरुङ, जिना गुरुङ, सोनी तामाङ, कासी गुरुङ, कुसुम गुरुङ, अनिशा मगर, इन्दिरा मगर, अलिशा मगर, आरुषि मगर, पुष्पा मगर, छिमी डोल्मा शेर्पा लगायतका कलाकारले काम गरेका छन् । निर्देशन रेश्मा थापा मगरको रहेको छ ।
प्रतिक्रिया