गाउँमा युवा नभएपछि महिलाहरु नै बिरामी बोक्न बाध्य

मुगु । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका–४ माझचौर भन्ने स्थानमा थियो । एउटा स्टेचरमा ४–५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लग्दै थिए । उनीहरु गाउँपालिकाकै वडा नम्बर ३ माथि खर्क गाउँका स्थानीय महिला थिए ।

खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकी ७० वर्षीया पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उनलाई गाउँकै ४–५ जना महिला मिलेर उपचारको लागि बोकेर औषधि पसल पुर्याएर उपचार गराएका थिए ।

खत्याड–४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्क गाउँकी महिलाको हुन् । करिब डेढ घण्टाको पैदल दुरिमा रहेको यस गाउँदेखि ४–५ जना महिलाले स्टेचरमा बिरामी बोकेर उपचार गराउन मेडिकल पुग्नु सम्भवतः जिल्लाको लागि पहिलो घटना हो । उक्त दृश्य माझचौर मै स्टेसनरी पशल गर्दै आएका खत्याड– ११ रातापानीका कमल कार्कीको आँखामा ठोकियो ।

उनले तस्विर खिचेर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘देशको अवस्था यतिसम्म भइसकेछ, जबकी गाउँमा कोही बुढापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्य चौकीसम्म लैजान बोक्नलाई युवाहरू छैनन्, हुन त कसरी गाउँमा युवहरु बसुन्, रोजगारी छैन, श्रम गरेर खान पुग्दैन, काम गरेनी १–२ वर्षसम्म ज्याला मिल्दैन, अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बढ्ला ? अबको एक वर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम हो, कि त अशक्त छ भनेर बुज्दा हुन्छ । अनि बुढापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखा ।’

खत्याड गाउँपालिका– ३ माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उनलाई गाउँकै ४–५ जना महिलाले बोकेर औषधि पसल पुर्याएर उपचार गराएका छ्न् । ।

यस विषयमा उनका छोरा चन्द्रबहादुर बिकलाई फोन गरी बुझ्दा उनी भन्छ्न्, ‘म माझचौरमा पसल गरेर बस्छु, घरमा आमा दमले थला परेरको थाहा पएपछि आमाको उपचारको लागि घर गएँ । गाउँमा युवाहरू कोही छैनन्, सबै रोजगारीको लागि भारततिर गएका छ्न्,बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदिबहिनीहरुले बोकेर मेडिकल पुर्याए ।’

यति मात्रै होइन आमाको उपचारपछि पुनः डेढ घण्टा महिलाहरूले नै बोकेर घरमै पुर्याएको छोरा चन्द्रबहादुरले बताए । ‘यो कुनै रहर नभएर बाध्यता हो,’ उनले थपे, ६० घरधुरी रहेको माथीखर्क गाउँमा दलित बस्ती यतिबेला युवाबिहिन जस्तै छ ।’

खर्क गाउँमा मत्रै होइन दशैँ, तिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पसेर मुगुका दर्जनौँ गाउँ बस्ती युवाबिहिन जस्तै बनेका छ्न् । आज गाउँमा यस्तै दर्दनाक अवस्था छ । राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस भएको स्थानीयले गरेका छ्न् ।

प्रतिक्रिया