सांगीत पारखीका लागि नयाँ बानेस्वरमा खुल्यो ‘पिंक पुतली’ रेष्टुरेन्ट

काठमाडौं । पछिल्लो समय काठमाडौंमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ । संगीत पारखीहरुको लागि नयाँ बानेस्वरमा ‘पिंक पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ । काठमाडौंमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ ।

नयाँ बानेस्वर एभरेस्ट होटलसँगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिंक पुतली’ मा गायिका अन्जु पन्त, गायक कमल खत्री, गायिकाहरु एलिना चौहान, रचना रिमाल, अस्मिता अधिकारी, गायकहरु महेश काफ्ले, राहुल रक्स, गायिका सृस्टी राउत, किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ ।

डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रम हुने रेस्टुरेन्ट सन्चालकले बताए । ‘पिंक पुतली’ मा खानाका विभिन्न परिकारसँगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङसमेत सुरु भइसकेको छ।

प्रतिक्रिया