निर्मलराजको ‘चिरबिर चरी मायालु परी’ को भिडियो सार्वजनिक

काठमाडौं । गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गीतकार पौडेलसँगै गायिका अस्मिता अधिकारीले आवाज दिएकी छन् ।

मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् । अग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए ।

उनले भने, ‘नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौँ ।’ यसअघि गीतकार तथा गायक पौडेलको ‘छम्म नाचौँ–छप्प नाचौँ’, ‘यसपालीको तिज रमाइलो’ र ‘बडा दशैँ बडा दशैँ, हर्षको आगमन’ गीतहरु पनि सार्वजनिक भएका थिए ।

प्रतिक्रिया