ललितपुर । द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड कार्निभल आयोजना गर्न लागेको छ । डिसेम्बर २४ देखि जनवरी १ सम्म सञ्चालन हुनेगरि कार्निभल कार्यक्रम आगोजना गर्न लागेको हो । सो कार्निभल कार्यक्रममा अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लाँजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुने द वन्डरल्यान्ड गेम जोनले जनाएको छ ।
कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको दबाी गरेको छ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको दाबी गरेको छ ।
यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जाने द वन्डरल्यान्डले बताएको छ ।
नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् ।
प्रतिक्रिया