‘अस्ती भन्दा’ को भिडियोमा बाल कलाकार सम्राट दाहालको अभिनय

काठमाडौं । ‘अस्ती भन्दा’ नामक गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा बाल कलाकार सम्राट दाहालले अभिनय गरेका छन् ।

गायक करण परियारको आवाज, दिपक शर्माको संगीत रहेको ‘अस्ति भन्दा’ नामको गीतिमा निर्देशक सुमन दाहालको शब्द रचना रहेको छ ।

सम्राट क्रियशन च्यानलबाट सार्वजनिक भएको यो भिडियोमा रेकर्डिष्ट भोला पौडेल, मेकअप सम्पदा अधिकारी, पोस्टर डिजाइन सानुबाबु दाहाल, सम्पादक भूपेन्द्र अधिकारी, छायांकन पवन गौतमको रहेको छ ।

अमेरिकाको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोका निर्देशक सुमन दाहालले नै गरेका हुन् । यस भिडियोमा अभिनय गरेका बाल कलाकार सम्राट दाहालले भविष्यमा पनि अभिनयलाई अघि बढाउँदै लैजाने बताए ।

प्रतिक्रिया