पाँचथर । जिल्लाको फिदिम नगरपालिका बसपार्क व्यवस्थापन समितिले नगरभित्रका सार्वजनिक यातायात आगमनलाई अवरुद्ध गर्ने गरी राखिएका साधनहरुलाई हटाउन ४८ घण्टे जनहितमा जारी सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले गरेको जारी सूचनालाई अवज्ञा गरेको पाइएमा फिदिम नगरपालिका बसपार्क सञ्चालन निर्देशिका २०७५ मा व्यवस्था भए बमोजिमको जरीवाना गरिने हुदा निर्णय कार्यान्वयनका लागि सरोकारवालाहरुमा जानकारी गराएको सूचनामा उल्लेख छ ।
सो समितिले बिहीबार समितिहरूको संयुक्त बैठकमा निर्णय गरेको हो । समितिले बसपार्क सञ्चालन गर्न निरन्तर निगरानी र कार्यान्वयन गर्दै आइरहेको छ । बसपार्कमा बिहानैदेखि टिकट काउन्टरबाट काम सूचारु भइरहेको समितिका सदस्य कमलराज नेम्वाङले बताए ।
प्रतिक्रिया