काठमाडौं । सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझी र गायिका कला रेश्मी महतोको युगल आवाजमा ‘माघीको मेला में’ बोलको थारु गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो केही दिन अगाडि गायिका कला रेश्मी महतोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा अर्जुन कौशलको शब्द रचना र संगीत रहेको छ । मिक्सिङ र मास्टरिङ निशा कौशलले गरेकी हुन् । त्यसैगरी गीतको भिडियोमा मानबहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । साथै, भिडियोमा शशिकला राई र दिपु मगरको अभिनय रहेको छ ।
लामो समयदेखि सञ्चार क्षेत्रसँगै गायनमा समेत सक्रिय रहँदै आएका राजकुमार रायमाझीले आउँदै गरेको माघी मेलाको अवसर पारेर उक्त गीत र भिडियो बजारमा ल्याएको बताए ।
यसभन्दा अगाडि ठेट नेपाली मौलिक गीत संगीत पस्कँदै आएका रायमाझीले पहिलो पटक थारु गीतमा आफूले आवाज दिएको बताए । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय प्रशासनिक सहसचिव र सञ्चार प्रमुखको भूमिकामा पनि क्रियासील छन् ।
प्रतिक्रिया