विश्वराम कार्कीले ल्याए ‘साइलो’ को म्युजिक भिडियो

काठमाडौं । गायक विश्वराम कार्कीले ‘साइलो’ को म्युजिक भिडियो ल्याएका छन् । उनले उक्त गीतको भिडियो आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा गायक कार्कीको आफ्नै एकल आवाज, शब्द र संगीत रहेको छ भने भिडियोमा अभिनय पनि उनकै रहेको छ ।

भिडियोमा गायक कार्कीसँगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना केसी, कमल श्रेष्ठ, कृष्ण केसी, दिया लामालगायतको अभिनय रहेको छ ।

समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देशसहित गीतको भिडियो सार्वजनिक गरिएको गायक कार्कीले बताए । भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छायांकन प्रकाश खडका, सम्पादन मिलन विश्वकर्माको रहेको छ । गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाइसकेको छ ।

प्रतिक्रिया