काठमाडौँ । दीपेन्द्र लामा लिखित तथा निर्देशित प्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को फस्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छन् । अर्को एक पोस्टरमा भने दयाहाङ, आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । २ फागुनमा रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कुतूहलता जगाउने देखिन्छ ।
क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म आरआर फिल्मसले वितरण गर्दै छ ।
प्रतिक्रिया